
जनस्वास्थ्य सरोकार, काठमाडौँ । दश दिनदेखि सम्पर्कबिहीन रहेका ३२ वर्षीय डा. उज्वल कोइराला कोसी किनारामा मृत अवस्थामा फेला पर्नुभएको छ ।
चतराघाटस्थित कोसी नदी पुलमा कार छाडेर दस दिन अघिदेखि बेपत्ता हुनुभएका डा. कोइरालाको शव सुनसरीको बराहक्षेत्र नगरपालिका २ को तेह्रआरडीस्थित नदी किनारमा फेला परेको हो ।
मंगलबार साँझ साढे ५ बजे शव भेटिएको उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो ।
कोशी नदीमा माछा मार्न गएका स्थानीयले नदीको सानो भङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतकका बुवा दिवाकार कोइरालाले शव पहिचान गरेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।
झापाको दमक नगरपालिका– १ घर भएका डा. कोइराला मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्थ्यो ।
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

