
जनस्वास्थ्य सरोकार, काठमाडौं । आजको व्यस्त जीवनमा तनाव र डिप्रेसनजस्ता रोगको सिकार भइरहेका छन् । यस्तो अवस्थामा कतिपय व्यक्तिले जीवन त्यागेर मृत्युलाई अँगाल्ने गरेको पाइन्छ । तर, आत्महत्याको बढ्दो घटनालाई रोक्न हरेक वर्ष सेप्टेम्बर १० लाई विश्व आत्महत्या रोकथाम दिवसका रूपमा मनाउने गरिन्छ ।
विश्व आत्महत्या रोकथाम दिवसको उद्देश्य आत्महत्या विरुद्ध जनचेतना जगाउने नै हो । यो दिन आत्महत्या गर्ने व्यक्तिको व्यवहारबारे अनुसन्धान, तथ्याङ्क सङ्कलन, आत्महत्या गर्नबाट मानिसलाई रोक्ने जस्ता विषयमा छलफल गरिन्छ । जसका कारण मानिसमा आत्महत्याको चेतना बढ्दै जान्छ र अरुलाई यस्ता गम्भीर कदम चाल्नबाट रोक्न सकिन्छ ।
विश्व आत्महत्या रोकथाम दिवस २०२३ को नारा ‘क्रिएटिंग होप थ्रु एक्शन’ राखिएको छ । जसको अर्थ ‘कार्यद्वारा आशा निर्माण गर्नु’ हो । यस दिवसमा स्वदेश र विश्वमा आयोजना हुने कार्यक्रम यही नारामा आधारित हुन्छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष करिब ८ लाख मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । आत्महत्या गर्नेहरूको सुचीमा अधिकांश युवाहरु पर्छन् । जसको उमेर १५ देखि २९ वर्षको बीचमा हुने गरेको छ । यस्तो अवस्थामा विश्व आत्महत्या रोकथाम दिवसको सान्दर्भिकता झनै बढ्दै गएको छ ।
आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघ (आइएएसपी) ले सन् २००३ मा पहिलो पटक सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउन थालेको थियो । यो कार्यक्रम मानसिक स्वास्थ्य र विश्व संगठनको लागि विश्व महासंघ द्वारा प्रायोजित गरिएको थियो । यो पहलको विश्वव्यापी मञ्चमा निकै प्रशंसा भएको थियो ।
त्यसपछि, अर्को वर्ष स न् २००४ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले औपचारिक रूपमा विश्व आत्महत्या रोकथाम दिवसलाई प्रायोजित गर्यो । त्यसयता हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउन थालियो ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
