
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सेवाग्राहीको सहायताका लागि औषधि व्यवस्था विभागले कार्यालय परिसरमा हेल्प डेक्स स्थापना गरेको छ।
विभागमा आउने सेवाग्राहीका लागि सेवा उपलब्ध गराउन सहज बनाउन हेल्प डेक्स आइतबार देखि सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।
विभागमा औषधि पसल दर्ता, नविकरण तथा अन्य कामका लागि आउने सेवाग्राहीलाई विभाग परिसरमा शुल्क लिएर सहयोग गर्ने विचौलियाहरु बढेको गुनासो आएपछि विभाग आफैले निशुल्क हेल्प डेक्स सञ्चालनमा ल्याएको महानिर्देशक ढकालले जानकारी दिनुभयो ।
हेल्प डेक्समा विभागको केन्द्रमा २ जना खटिने छन्। उनीहरुले फार्मेसी दर्ता, नविकरण गर्न आउनेहरुलाई दर्ता तथा नविकरणका लागि अनलाइन फारम भरिदिने लगायतका सेवाहरु निशुल्क दिनेछन्। हेल्प डेक्स कार्यालय समय अवधि भरी सञ्चालन हुने छ।
विभागका शाखा कार्यालय विराटनगर, विरगंज र नेपालगञ्जमा पनि हेल्प डेक्स राखिएको ढकालले जानकारी दिनुभयो ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
