
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सेवाग्राहीको सहायताका लागि औषधि व्यवस्था विभागले कार्यालय परिसरमा हेल्प डेक्स स्थापना गरेको छ।
विभागमा आउने सेवाग्राहीका लागि सेवा उपलब्ध गराउन सहज बनाउन हेल्प डेक्स आइतबार देखि सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।
विभागमा औषधि पसल दर्ता, नविकरण तथा अन्य कामका लागि आउने सेवाग्राहीलाई विभाग परिसरमा शुल्क लिएर सहयोग गर्ने विचौलियाहरु बढेको गुनासो आएपछि विभाग आफैले निशुल्क हेल्प डेक्स सञ्चालनमा ल्याएको महानिर्देशक ढकालले जानकारी दिनुभयो ।
हेल्प डेक्समा विभागको केन्द्रमा २ जना खटिने छन्। उनीहरुले फार्मेसी दर्ता, नविकरण गर्न आउनेहरुलाई दर्ता तथा नविकरणका लागि अनलाइन फारम भरिदिने लगायतका सेवाहरु निशुल्क दिनेछन्। हेल्प डेक्स कार्यालय समय अवधि भरी सञ्चालन हुने छ।
विभागका शाखा कार्यालय विराटनगर, विरगंज र नेपालगञ्जमा पनि हेल्प डेक्स राखिएको ढकालले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

