
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले क्यान्सर पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने भएको छ । क्यान्सर जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सुरु गरिएको अस्पतालका विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।
‘क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने आवश्यक तयारी भइरहेको छ, निकट भविष्यमा सेवा सुरु हुनेछ ।’ –उहाँले भन्नुभयो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रले पनि अब चाँडै हिस्टो प्याथोलोजी सेवा सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।
‘हिस्टो प्याथोलोजी’ सेवा बिस्तार गर्ने प्रक्रिया अगाडि बढिसकेको छ,’ उहाँले भन्नुभयो ‘भेरीमा यो सेवा सुरु भएपछि क्यान्सर सम्बन्धि बिरामीलाई पनि धेरै राहत मिल्नेछ ।’
अस्पतालले हाल आपतकालीन प्रयोगशाला जाँच चौबिसै घण्टा र ओपिडी प्रयोगशाला बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्दै आएको छ । प्रयोगशालामा दैनिक ४ सय जनाले परीक्षण गराउँछन् ।
हाल बाँकेमै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि हिस्टो प्याथोलोजी सेवा प्रदान गरिएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
