जनस्वास्थ्य सरोकार, काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति ७१ वर्षको उमेरमा निधन भएको छ ।

सामान्य रुघाखोकीका कारण घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भयो । त्यसपश्चात् उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । तर उपचारकै क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
नेव्वाङको मृत्युको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टीका नेता कार्यकर्ता अस्पताल पुग्नुभएको थियो ।
विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने खुवी भएको नेताको रुपमा परिचिति हुनुहुन्थ्यो । श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर भोलिसम्म नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिने बताइएको छ ।


नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२