जनस्वास्थ्य सरोकार, काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति ७१ वर्षको उमेरमा निधन भएको छ ।

सामान्य रुघाखोकीका कारण घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भयो । त्यसपश्चात् उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । तर उपचारकै क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
नेव्वाङको मृत्युको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टीका नेता कार्यकर्ता अस्पताल पुग्नुभएको थियो ।
विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने खुवी भएको नेताको रुपमा परिचिति हुनुहुन्थ्यो । श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर भोलिसम्म नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिने बताइएको छ ।

लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

