
जनस्वास्थ्य सरोकार, हेटौंडा । हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट घटनाका दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।
हेटौंडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले सुरक्षाको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
चिकित्सकहरुले २४ घण्टाभित्र घटनामा संलग्नलाई कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त विडारीमाथि युवाहरुको समूहले कुटपिट गरेका थिए ।
एक महिना अघि डेंगुको कारण मृत्यु भएका पुरुषको आफन्तहरुको समूहले डाक्टरहरुमाथि अस्पताल भित्रै कुटपिट गरेको मकवानपुरकाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
डेङ्गु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सन्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएको एक महिनापछि उनका आफन्त सहितका युवाहरु अस्पताल प्रवेश गरेर दुईजना डाक्टरमाथि कुटपिट गरेको प्रहरीको भनाई छ । हातपातबाट डा. बीडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
