
जनस्वास्थ्य सरोकार, सङ्खुवासभा । सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो ।
रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिनुभयो ।
यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेङ्गु सङ्क्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो ।
सङ्खुवासभामा साउनयता डेङ्गु सङ्कमितको सङ्ख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेठका अनुसार १० स्थानीय तह मध्ये आठमा डेङ्गु सङ्क्रमण फैलिएको छ । “भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेङ्गु सङ्क्रमित देखिएका छैनन्”, उहाँले भन्नुभयो । सबैभन्दा बढी सङ्क्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

