
जनस्वास्थ्य सरोकार, मकवानपुर । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकलाई कुट्ने दुइजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी परेको छ ।
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको हो ।
गत साउन २५ गते उपचारका लागि सञ्चो अस्पताल आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।
चिकित्सक कुटपिट घटनामा संलग्न मृतककै परिवारका सदस्य अनुप प्रधान र रोहित प्रधानविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएकी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष कार्कीले कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न माग समेत गर्नुभएको छ ।

५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२
१६ वर्षीया सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
मंगलबार, वैशाख १६, २०८२
सर्जरीले बनायो अनुहार, बिगार्यो जीवन
मंगलबार, वैशाख १६, २०८२