
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको आवरण सार्वजनिक गरिएको हो ।
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुवाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयलाई संस्मरणात्मक शैलीमा पुस्तकमा समेटिएको छ ।
२४० पेजको पुस्तकमा ५३ वटा खण्डमा जीवन उपयोगी विषयबस्तु समावेश गरिएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित पुस्तकले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउनसक्ने लेखकले विश्वास गरेका छन् ।
पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डाक्टर ओम फाउन्डेसनमार्फत् खर्च गरिने डा. अनिलले जानकारी दिनुभयो ।
डा. ओम फाउन्डेसनले प्रकाशन तथा समीक्षा पब्लिकेसन वितरक रहेको पुस्तकको मूल्य ६ सय रुपैया कायम गरिएको छ । हार्ड कभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्यागसहित विशेष प्रकाशनको मूल्य १ हजार रुपैयाँ तोकिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

