
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो । वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन्।
त्यस्तै, वार्ताका लागि नेपाल चिकित्सक संघको तर्फबाट डा. अनिलविक्रम कार्की, डा. सञ्जिव तिवारी लगायतको टोलीको उपस्थिती रहेको छ । संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले हामी वार्ताका लागि स्वास्थ्य मन्त्रालयमा छौँ, वार्ता सुरु भइसकेको छ ।’

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

