
जनस्वास्थ्य सरोकार, नवलपरासी ।विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले सन २०१० मा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर पछिल्लो समय नेपालका केही जिल्ला हरुमा कुष्ठरोगिको सङ्ख्या बढ्दो देखिएको छ । पश्चिम् नवलपरासीमा ७० जना कुष्ठरोगी भेटिएका छन् ।
गत आर्थिक बर्ष ०७९/८० मा ७० जना नयाँ कुष्ठरोगी भेटिएका छन् ।अघिल्लो आर्थिक बर्ष ०७७/७८ मा ७७ जना कुष्ठरोगी भेटिएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत बजरङ्गी चौधरीले जानकारी दिनुभयो।बारा पछि कुष्ठरोगिको सङ्ख्या पश्चिम् नवलपरासीमा बढी देखिएका छन् । निवारण घोषणा भएको एक दशक बढी बितिसक्दा समेत पहिचान हुन नसकेका कयौँ रहेको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बर्दघाट नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा ६ जना रहेकोमा अहिले बढेर १७ जना कुष्ठरोगी भेटिएका छन् । सुनवल नगरपालिकामा १५ जना,रामग्राममा ११,पाल्हिनन्दनमा १०/१० ,सुस्ता गाउँपालिकामा ५ र प्रतापपुर गाउँपालिकामा २ जना नयाँ कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ । १४ बर्ष मुनिको एक जना बालकमा समेत देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कुष्ठरोग नियन्त्रणका लागि स्थानीय तहहरुले प्रभावकारी रुपमा कार्यक्रमहरू सञ्चालन गर्नु पर्नेमा स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जोड दिनु भयो ।ग्रामीण क्षेत्रमा रोगको पहिचान भए पनि उपचारको दायरामा ल्याउनु नै मुख्य चुनौती रहेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । कुष्ठरोगिको पहिचान भएपनी उपचारको दायरामा न आउनेहरूको सङ्ख्या धेरै भएकाले स्थानियतहले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवाला र विज्ञहरूले जोड दिएका छन् ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

