
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ। उहाँको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको भाइ छविलाल भट्टले जानकारी दिनुभयो ।
गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
२०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ सामान्य प्रशासनमन्त्री हुनुभएको थियो ।
विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिनुभएका उहाँले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । पछि उहाँ रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिनुभएको थियो ।
विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उहाँको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । उहाँका दुई छोरा छन्। श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो। उहाँको आजै पशुपति आर्यघाट अन्त्येष्टि गरिने छ। रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

