जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ अस्पताल व्यवस्थापक धर्मराज गोसाईं नेपाल आँखा अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा छनौट भई कार्य शुरू गर्नुभएको छ ।
विगत ३ वर्षभन्दा बढी समयदेखि रिक्त रहेको सिइओमा गोसाइ खुला प्रतिस्पर्धाबाट छनौट भई नियुक्त हुनुभएको हो ।

यसअघि पूर्व मेजर जनरल दमनबहादुर घले सिइओ हुनुहुन्थ्यो । हाल उहाँ सञ्चालक समितिको उपाध्यक्ष हुनुहुन्छ । नवनियुक्त सिईओ गोसाईं व्यवसायिक रूपमा नै विगत २० वर्षदेखि अस्पतालको व्यवस्थापनको भूमिकामा विभिन्न अस्पतालहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था र स्वास्थ्य सेवा कार्यक्रममा संलग्न हुनुहुन्छ । उहाँको करियरको शुरूवात् सिभिल इन्जीनियरिङ्गबाट भएता पनि रूकुम जिल्लामा मिसन अस्पताल निर्माणको क्रममा अस्पताल व्यबस्थापनको विद्यार्थीको रूपमा नै आफ्नो पेशा रूपान्तर गर्नुभयो ।
रूकुममा अस्पताल निर्माण कार्यको नेतृत्व गरिरहेको अवस्थामा अस्पताल व्यवस्थापन टिमसँग मिलेर काम गर्नुभयो । विशेषगरी उहाँले गैर सरकारी संस्थाद्धारा सञ्चालित अस्पताल र केही अर्धसरकारी, सहकारी र प्रतिष्ठानमा रही अस्पताल व्यवस्थापनको नेतृत्व लिनुभएको थियो ।
जसमध्ये चौरजहारी मिसन अस्पतालमा पहिलो नेपाली प्रशासक भएर स्थापनाकालदेखि सञ्चालनको नेतृत्व लिनुभयो । चौरजहारी मिसन अस्पतालको सञ्चालक संस्था एचडीसीएसको मुख्य कार्यालय काठमाडौमा बसेर अस्पतालहरूको लागि संयोजनको जिम्मेवारी लिएर काम गर्नुभयो । त्यसबेला एचडीसीएस पाँच वटा मिसन अस्पतालको व्यवस्थापन गर्दै थियो । २ वर्ष लमजुङ जिल्ला सामुदायिक अस्पतालको निर्देशक भएर काम गर्नुभो । उहाँले त्यहाँ हुँदा पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणालाई कार्यान्वयन गर्दै अस्पतालको सेवाको स्तरोन्नती र सेवा विस्तार गर्न प्रमुख भूमिका निभाउनुभयो ।
गोसाईंले स्तुपा स्वास्थ्य सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा २ वर्ष जति काम गर्नुभएको थियो । इलाममा उहाँले सामुदायिक अस्पतालको निर्देशक र व्यवस्थापन परामर्श दाताको रुपमा १ वर्ष काम गर्नुभयो ।
त्यसपछि जर्मन सहयोग नियोग (जिआईजेट) को आकस्मिक मातृ तथा शिशु स्वास्थ्य उपचार कार्यक्रमको मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय कार्यक्रम संयोजक भएर २ वर्ष काम गरेको अनुभव छ उहाँमा ।
यसरी जिआईजेटको काम पश्चात् उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निर्देशक भएर ४ वर्ष काम गर्नुभएको थियो । प्रतिष्ठानको निर्देशक भएर अस्पतालको सेवाको स्तरोन्नती, कर्मचारी प्रशासन, जनसम्पर्क सामुदायिक स्वास्थ्य कार्यक्रम र प्रतिष्ठानका १३ जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन लगायत जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारकोलागि नेतृत्व गर्नुभएको थियो । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा, जनस्वास्थ्य नर्सिङ विधाका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन, स्वीकृति लिन आवश्यक कार्य गर्नुभएको थियो ।
पछिल्लो समयमा उहाँ नेपाल भारत मैत्री हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत हुनुहुन्थ्यो । अस्पताल व्यवस्थापनामा गोसाई अव्वल हुनुहुन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

