
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा तेस्रो ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हुने भएको छ ।
नेपाल चिकित्सक संघको आयोजनामा यहि असोज १२ र १३ गते ‘एनएमए नेशनल हेल्थ समिट’ हुन लागेको हो ।
संघले आइतबार पत्रकार सम्मेलनको सो जानकारी दिएको हो ।
यसवर्षको समिटको नारा ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धनः अवसर र चुनौति’ रहेको छ ।
समिटमा दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तनका बारेमा छलफल हुने बताइएको छ।
त्यस्तै, सम्मेलनमा स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा नीतिगत विचार विर्मस मार्फत सैद्धान्तिक बहस आयोजकले जनाएको छ ।
सो सम्मेलनमा ६ वटा सेसनहरु राखिएका छन् ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

