
जनस्वास्थ्य सरोकार, मुगु । कर्णालीमा मेरुदण्डसम्बन्धी कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा मुगुको ताल्चा विमानस्थलमा अलपत्र पारिएका डाक्टर लिन जहाज पठाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अलपत्र पारिएका १६ जना डाक्टर लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–'मुगुको ताल्चा विमानस्थल बाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनायो । गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाईएको छ ।’
मंगलबार बिहान ७ः३० बजेका लागि तीन साताअघि १६ जना डाक्टरले टिकट लिएका थिए । आज विहान समिट एयरको जहाजले टिकट काटेका डाक्टरहरुको टिमलाई छाडेर माओवादीका नेताहरु मात्रिका यादव, महेन्द्रबहादुर शाही, विमला केसी, प्रकाशबहादुर शाही र धर्मराज शाहलाई लिएर नेपालगञ्ज आएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

