
जनस्वास्थ्य सरोकार, मुगु । कर्णालीमा मेरुदण्डसम्बन्धी कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा मुगुको ताल्चा विमानस्थलमा अलपत्र पारिएका डाक्टर लिन जहाज पठाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अलपत्र पारिएका १६ जना डाक्टर लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–'मुगुको ताल्चा विमानस्थल बाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनायो । गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाईएको छ ।’
मंगलबार बिहान ७ः३० बजेका लागि तीन साताअघि १६ जना डाक्टरले टिकट लिएका थिए । आज विहान समिट एयरको जहाजले टिकट काटेका डाक्टरहरुको टिमलाई छाडेर माओवादीका नेताहरु मात्रिका यादव, महेन्द्रबहादुर शाही, विमला केसी, प्रकाशबहादुर शाही र धर्मराज शाहलाई लिएर नेपालगञ्ज आएको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
