
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले बिरामी उपचारको विषयलाई लिएर पटक पटक चिकित्सकमाथि हुने भौतिक आक्रमणको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दैै उपचारसँग सम्बन्धित विषयमा काउन्सिलमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि भौतिक रुपमा आक्रमण गर्नेगरी भएको घटनाप्रति आपत्ति जनाएको हो ।
‘चिकित्सकले स्वास्थ्य उपचारका क्रममा कुनै लापरवाही वा हेलचेक्राई भई कुनै घटना भए त्यसबारे गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको र त्यस्ता घटनाहरुको छानविन भइरहको अवगत गराउन चाहान्छौँ ।’– काउन्सिलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै काउन्सिलले उपचारसँग सम्बन्धित कुनै घटना घटेमा सो बारे काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असर बारे जानकारी गराउन तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउन सबै पक्षलाई अपील गरेको छ ।

भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

