
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विगत पाँच दिनदेखि सडक आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरुले आज सामुहिक रुपमा पासपोर्टका लागि आवेदन भर्ने भएका छन् ।
उपचारको विषयलाई लिएर बारम्बार चिकित्सकमाथि हुने भौतिक आक्रमण विरुद्ध सडक आन्दोलनमा उत्रिएको पाँच दिन बित्दा पनि सरकारले माग सुनुवाइ नगरेको भन्दै दबाब स्वरुप पासपोर्टका लागि आवेदन भर्न लागेको वीर अस्पतालका आवासीय संघका अध्यक्ष डा. शेष घिमिरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि बारम्बार आक्रमण हुँदा पनि राज्यले न्याय नदिनु भनेको काम गर्ने वातावरण सिर्जना नगरी विदेश पलायनका लागि प्रोत्साहन गरेको हो । त्यसैको दबाब स्वरुप हामीले पासपोर्टका लागि आवेदन भर्न लागेका हौँ ।’
शुक्रबार एक हजारभन्दा धेरै चिकित्सकले पासपोर्ट बनाउनका लागि आवेदन दिने उहाँको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

