
जनस्वास्थ्य सरोकार, पोखरा । अस्पताल प्रशासन र मृतकका आफन्तबिच सहमति भएपनि पोखराको मनिपाल अस्पतालमा नियमित सेवा सुरु हुन सकेको छैन ।
आफ्नो माग सम्बोधन नभएको भन्दै चिकित्सकहरु काममा नर्फिर्कएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छन् ।
अस्पताल प्रशासनले अस्पतालमा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति सुनिश्चित नहुँदा सम्म आकस्मिक बाहेक अन्य सेवा बन्द रहने जनाएको छ ।
चिकित्सकहरू सुरक्षाको ग्यारेन्टी नभएसम्म सेवामा नफर्किने भन्दै काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन गन्तव्य तर्फ लागेको मनिपाल शिक्षण अस्पतालका डा. अनमोल पौडेलले जानकारी दिनुभयो ।
बिहीबार राति अबेर भएको सहमतिअनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले उनको गाँउ लमजुङको सुन्दर बजारमा वर्षमा एकपटक १० वर्षसम्म विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने छ । त्यस्तै दुरा जातिको उपचारमा सहुलियत, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने र विनय गुरुङविरुद्ध दर्ता भएको मुद्दामा कानुनी रित पुर्याएर सहजीकरण गर्ने सहमति भएको छ ।
लमजुङ सुन्दर बजार वडा नम्बर ६ की ५७ वर्षीया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात गरेका थिए ।

बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
