
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभएको हो ।
उहाँले भन्नुभयो–‘स्वास्थ्यकर्मी कुटपिटको घटनामा संलग्न भनिएको व्यक्तिलाई पक्राउ गरेको र प्रहरीलाई समेत निलम्बन र विभागीय कारबाही गरिसकेकाले आन्दोलनरत चिकित्सकहरूलाई काममा फर्कन अनुरोध गर्दछु ।’
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहभागी चिकित्सकहरूले दोषीलाई कारबाही नभएको र अस्पतालमा सुरक्षा नभएकाले काममा फर्कन नसक्ने बताएपछि मन्त्री बस्नेतले तत्काल हतियारसहित सुरक्षाकर्मी अस्पताल पठाएर डाक्टरहरूलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो ।
त्यस्तै बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले पनि आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–, “घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।”
आन्दोलनरत आवासीय चिकित्सकहरुले आफ्नो सुरक्षाका लागि सडकमा उत्रन बाध्य भएको बताए । उनीहरुले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग राखे।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
