
जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपाल औषधि व्यवसायी संघले ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै सभामुख देवराज घिमिरे समक्ष ज्ञापन पत्र बुझाएको छ ।
संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधि व्यवसायी संघजस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको छ ।
संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ‘औषधि तथा स्वास्थ्य सामग्री सल्लाहकार समिति’ मा नेपाल औषधि व्यवसायी संघलाई सदस्य नराखिएकाले संशोधन माग गरिएको छ ।
‘औषधि जस्तो संवेदनशील वस्तुसम्बन्धी ऐनको मस्यौदा बनाउँदा ५० वर्ष भन्दा वढी यही क्षेत्रमा योगदान गरेको महत्वपूर्ण सरोकारवाला संस्था नेपाल औषधि व्यवसायी संघलाई सम्बन्धित पक्षले कुनै पनि जानकारी नदिएको व्योहोरा समेत अवगत गराउँदछौं,’ ज्ञापन पत्रमा भनिएको छ । संस्थागत प्रतिनिधित्व सुनिश्चित हुनेगरी संघले संशोधन विवरणसमेत पेस गरेको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

