जनस्वास्थ्य सरोकार, मान्म । कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनि उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।

आर्थिक वर्ष २०७९–८० मा कालीकोटमा २० वर्ष मुनिका गर्भवतीको सङ्ख्या तीन सय ८१ रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटको तथ्याङ्कमा छ ।
उमेर नपुगी विवाह गरेकै कारण अधिकांश महिलाहरुमा शारीरिक तथा मानसिक समस्या बढ्दै गएको र बालबालिकालाई पनि विभिन्न समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सङ्केत विश्वकर्माले बताउनुभयो ।
“समुदायस्तरमा हुने कार्यक्रम नियमित सञ्चालन भइरहेको छ, दुई वर्षमा निःशुल्क रूपमा सामुदायिक स्वास्थ्य एकाइमार्फत उल्लेखनीय रूपमा स्वास्थ्य सेवा लिएका पाइएको छ, नौ पालिकामध्ये सात पालिकामा डाक्टरसहितको सेवा सञ्चालन भएको छ”, उहाँले भन्नुभयो–“हामीले नियमित रुपमा जनचेतनाका काम गर्दा पनि बालविवाह र कलिलै उमेरमा आमा हुनेको सङ्ख्या बढेको छ ।”
सुत्केरी प्रोत्साहन कार्यक्रममार्फत यातायात भाडा नियमित उपलब्ध गराउने गरेको र स्थानीय तह तथा जिल्ला अस्पतालमार्फत सुत्केरी सेवा सञ्चालन गर्दै आएको डा विश्वकर्माले जानकारी दिनुभयो ।
“स्वास्थ्य सेवा कार्यालयको भवन जीर्ण भएको र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुका पनि भवनको अवस्था जीर्ण रहेका छन्”, उहाँले भन्नुभयो– “बर्थिङ सेन्टर ३७, क्षयरोग डट्स सेन्टर ३३, सुरक्षित गर्भपतन सेवा केन्द्र १५, आयुसिडी सेवा प्रदायक स्वास्थ्य सेन्टर १३, इमप्लान्ट सेवा प्रदायक संस्था ३१ र अस्थायी परिवार नियोजन सेवा ११ रहेका छन् ।” रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
