
उच्च रक्तचापको औषधि सेवनले साइड इफेक्ट गर्ने, मिर्गौला बिग्रने, जीवनभर खाइरहनुपर्ने, एक दिन बिर्सिएमा समस्या हुने जस्ता भ्रम धेरैमा पाइन्छ । वास्तवमा त्यो होइन । उच्च रक्तचापको औषधि बीचबीचमा छोड्नहुँदैन ।
उच्चरक्तचापको औषधि खान थालेपछि ९० प्रतिशतले जीवनभर खाइरहनुपर्छ ।
मुटुलाई असर गर्ने कारक तत्वहरुमा उच्च रक्तचाप अग्रस्थानमा रहेको छ । मुटुको काम रगत पम्प गरेर पठाउने हो रक्तचाप नभएका आर्टरीहरुमा रगत सहजरुपमा बगिरहेको हुन्छ । तर रक्तचाप बढेर थिचिरहेका आर्टरीहरुमा मुटुले जोडले पम्प गरेर रगत पठाउनुपर्छ । यस्तो अवस्थामा मुटुलाई निकै मिहिनेत पर्छ र मुटुको देब्रपट्टिको भाग सुन्निन सक्छ । यद्यपी मुटुको पम्प गर्ने कार्य क्षमता घटेर जान्छ । यसलाई हार्ट फेलियर भनिन्छ ।
सुन्निएको मुटुले रगत पम्प गर्न सक्दैन र फोक्सोमा पानी भरिन थाल्छ । यसले शरीरभर पानी भरिन सक्छ । त्यसपछि गोडा सुन्निने, स्याँ स्याँ आउने जस्ता समस्याहरु देखिन थाल्छन् ।
रक्तचापले आर्टरीलाई बाक्लो बनाउँदै लैजान्छ र रगत प्रवाह हुने आर्टरीहरु साँधुरिन थाल्छन् । त्यहाँ गएर चिल्लो पदार्थ थुप्रिन थाल्छन् । आर्टरी साँधुरिने प्रक्रियालाई बढाउन उच्च रक्तचाप पहिलो नम्बरमा पर्छ । रक्तचापका कारण हृदयघात पनि हुनसक्छ ।
रक्तचापले मुटुको कुनै भाग वा आर्टरी साँघुरिन सक्छन् । यसलाई एन्जायना भनिन्छ । रक्तचापले मिर्गौलालाई असर पार्न सक्छ । यसले मिर्गौलालाई ड्यामेज गर्नसक्छ । उच्च रक्तचापले मुटुलाई असर गर्छ ।
उच्च रक्तचापले मस्तिष्कमा असर गरेमा व्यक्ति प्यारालाइसिस पनि हुनसक्छ । आँखामा समस्या गरेमा दृष्टिबिहीन बनाउन सक्छ । त्यसैले समयमा उच्च रक्तचापको पहिचान भएमा उच्चरक्तचाप राम्रोसँग नियन्त्रणमा राख्न सकिन्छ । चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नु सबैभन्दा ठूलो बुद्धिमानी हो ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
