
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सो अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टलाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरी कार्यक्रमको सुरुआत गर्नुभएको थियो ।
बुधबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पूर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक स्वयमसेवकलगायत गरी एक सय २० जनाले रक्तदान गरेका थिए ।
ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक सम्बन्धी ज्ञान दिनुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, विद्यार्थी तथा स्काउटलगायत सवारी चालक र परिचालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण लगायतका चेतनामूलक कार्यक्रम भइरहेको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

