
जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरूको उपचारको क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको भने साँझ करिब ६ बजे मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले बताउनुभयो ।
उनीहरुलाई गए राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताउनुभयो । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुवैको मृत्यु भएको हो ।
एकै घरका दुवै छोरीको मृत्यु भएपछि अहिले परिवार तथा सिंगो भलवाड नै शोकमा डुबेको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

