
जनस्वास्थ्य सरोकार काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत विभिन्न विधामा स्नातकोत्तर र स्नातक उत्तीर्ण गरेका ५४१ जना चिकित्सकलगायतका स्वास्थ्यकर्मी दिक्षित भएका छन् ।
प्रतिष्ठानको चौथो दिक्षान्त समारोहमा काठमाडौंको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरू दिक्षित भएका हुन् ।
यसरी दिक्षित हुनेहरूमा प्रतिष्ठानअन्तर्गत सञ्चालित डिएम/एमसिएच, एमडी/एमएस/एमडिए, मास्टर्स इन नर्सिङ, व्याच्लर इन नर्सिङ साइन्स (बिएनएस), व्याच्लर इन मिडवाइफ्रि साइन्स (बीएमएस), मेडिकल इमेजिङ टेक्नोलोजी (बीएस्सी एमआईटी), व्याच्लर अफ अप्टोमेट्री एण्ड भिजन साइन्स विषय अध्यन गरेका चिकित्सक लगायतका स्वास्थ्यकर्मी रहेका छन् ।
सन् २०२१ मार्चदेखि सन् २०२३ जुलाइसम्म परीक्षा सञ्चालन भई उत्तीर्ण भएका विद्यार्थीहरु लाई उपाधि प्रदान गरिएको थियो । प्रधानमन्त्री तथा न्याम्सका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्र कुमार बस्नेत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, न्याम्सका शिक्षाध्यक्ष प्रा.डा. लोचन कार्की, रजिस्ट्रार सहायक प्रा.डा ज्ञानेन्द्र शाह, सह पा.डा. डीन अशेष ढुंगाना, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देव कुमारी गुरागाई, शिक्षा सचिव, अर्थ सचिव लगायतका व्यक्तिहरूको उपस्थित रहेको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

