
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ ।
नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका (एएनपीए) र अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिन (एबीआरएम) को संयुक्त सहकार्यमा अक्टोबर ६ र ७, २०२३ मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।
रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनको लागि अन्तर्राष्ट्रिय स्टेम सेल विज्ञान समुदायको भेला भएको छ । यस सम्मलेनमा अन्तर्राष्ट्रिय चिकित्सकहरू डा. सैयद सलमान नईम गिलानी, डा. रोजिना बादल मुनीर, डा. मासिमो पिराकी, डा. रोहित वारियर, डा. आशान अबेवर्देना, डा. प्रदिप महाजन लगाएत नेपालका चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
यस सम्मेलनको उद्देश्य विश्वभरका स्टेम सेल विशेषज्ञहरू, रिसर्चचर र चिकित्सकहरु बिचको सहकार्य र अनुभव आदान प्रदान गर्ने रहको छ ।
रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनले यस क्षेत्रका विशेषज्ञहरूबिच छलफल र प्रस्तुतीकरणहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ ।
स्टेम सेल विज्ञान तिब्र गतिमा अगाडि बढिरहेको हुदा यो सम्मेलन चिकित्सकहरूको लागि अनुभव तथा यस क्षेत्रमा भएका नवीनतम विकासको आदान प्रदानको लागी एक महत्वपूर्ण बैठक बिन्दु बनेको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले, नेपाल मेडिसिटीले विभिन्न अन्तर्राष्ट्रिय संघसंगको संयुक्त सहकार्यमा यस स्तरको सम्मेलन आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको बताउनुभयो । नेपालमा नै रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्बन्धि शिक्षा र सुविधा उपलब्ध गराउनका लागि जोड दिनुभयो ।
अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिनका प्रतिनिधि डा. रोजिना बादल मुनीरले रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल अनुसन्धानका विज्ञहरूसँगै आउन र यस क्षेत्रको वर्तमान अवस्थाबारे छलफल गर्ने सम्मेलन एउटा सुबर्ण अवसर हो र हाम्रो लक्ष्य स्टेम सेल प्रत्यारोपण प्रविधिहरूमा तालिम प्रदान गर्दै चुनौतीहरू र उत्कृष्ट अभ्यासहरू पहिचान गर्नुपर्ने बताउनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
