
जनस्वास्थ्य सरोकार, सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक हुने १ करोड भन्दा बढी मूल्यका मुटु रोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी, ईको, इसिजी, हल्टर हार्ट मोनिटर जस्ता विभिन्न अत्यावश्यक उपकरण हस्तान्तरण गरेको हो।
प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्कालाई ब्याक टु लाइफ इ भी जर्मनीका अध्यक्ष स्टेला डिट्जेन, कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलबाट हस्तान्तरण गरिएको हो ।
्ब्याक टु लाइफले कर्णाली प्रदेशको मुगु जिल्ला र विकासका दृष्टिकोणले पछि परेका अन्य जिल्लाहरूमा सन् २००९ देखि स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।
्ब्याक टु लाइफका निर्देशक डिकेन्द्र ढकालले प्रदेश अस्पताललाई हृदयरोग विभाग स्थापना गर्न ओपिडी रुम, इसीजी रुम, इकोकार्डियोग्राम रुम, ट्रेडमिल रुम र वेटिंग रुमका लागि आवश्यक सम्पूर्ण उपकरणहरू हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
प्रदेश अस्पताल सुर्खेतले केही समय अघिबाट मात्र मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको थियो ।
अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले ब्याक टु लाइफबाट सहयोग प्राप्त उपकरणहरुले मुटु रोग सम्बन्धी समस्या भएका बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
