
जनस्वास्थ्य सरोकार, काठमाडौं । इजरालयमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र फिर्ता ल्याउन हवाई जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बिहान बसेको बैठकले शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
बैठकमा इजरायलमा जारी पछिल्लो द्वन्द्वमा परी मृत्यु भएकाहरुको शव नेपाल ल्याउन इजरायली पक्षसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।
यस्तै बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरेको छ । आइतबार (हिजो) सरकारले मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

