
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर डेंगु सङ्क्रमितको संख्या ३५ हजार २२३ पुगेको छ ।
आठ महिनाको अवधिमा ती सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।
कुन जिल्लामा कति संक्रमित ?
सुनसरी जिल्लामा मा १६ हजार ८० , झापामा ३ हजार ५६२, धादिङमा ३ हजार १२३, तनहुँमा ३ हजार १२१, मोरङमा २ हजार २७३, कास्की ७७२, काठमाडौँमा ७६४, सङ्खुवासभामा ५२६, कैलालीमा ४८० र धनकुटामा ४४५ जनामा संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

