
जनस्वास्थ्य सरोकार, चितवन । राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७८ असार २२ गते दुई वर्षमै निर्माण गर्न सम्झौता भएर सुरु गरिएको सो अस्पताल ठेक्का सम्झौताको समय सकिँदा पनि काममा भने प्रगति नभएको हो ।
नगरपालिकासँगै जोडिएको यस अस्पताल निर्माणका लागि बुद्धअत्रेय बस्नेत जेभी काठमाडौँले १० करोड ४२ लाख ४३ हजार चार सय ९० मा ठेक्का सम्झौता गरे पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिनुभयो। उहाँका अनुसार मत्स्य विकास केन्द्रको नाममा रहेको एक बिघा दस कठ्ठा जग्गामा नगर अस्पताल निर्माण गर्न लागिएको हो ।
प्रादेशिक मन्त्रिपरिषद् बैठकबाट निर्णय भई नगरपालिकालाई भोगचलनका लागि दिएको सो जग्गामा तीन तले अस्पताल निर्माण गर्न लागिएको थियो । अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कमा नआएका कारण अस्पताल निर्माणकै क्रममा अलपत्र परेको उनले जानकारी दिनुभयो।
अस्पताल निर्माण गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गर्दा विभिन्न बाहना देखाउने गरेको भन्दै नगरप्रमुख लामाले पछिल्लो समयमा भने सम्पर्कमा आएको बताए । उहाँले भन्नुभयो, “ठेक्का सम्झौताको समय सकिए पनि पुनः समय थप गरी निर्माण सम्पन गर्न नगरपालिका लागिपरेको छ ।” रासस
नर्स र स्वास्थ्यकर्मीको आन्दोलन स्थगितः पारिश्रमिक र सेवा सुविधा कार्यान्वयनमा सहमति
शुक्रबार, कात्तिक २१, २०८२
सन् २००७ पछि जन्मिएका सबैका लागि सुर्ती ‘नो एण्ट्री’
शनिबार, कात्तिक १५, २०८२
ग्रान्डी अस्पतालका नर्सहरुलाई न्यायोचित पारिश्रमिक दिने निर्णय— आन्दोलन पक्ष र प्रशासनबीच सहमति
मंगलबार, कात्तिक ११, २०८२
देशभरका नर्स आजदेखि कालोपट्टी बाँधेर काममा खटिँदै
मंगलबार, कात्तिक ४, २०८२
