
जनस्वास्थ्य सरोकार, ललितपुर। ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक जना बिरामीको एकैपटकमा दुई महत्वपूर्ण अंगको प्रत्यारोपण शल्यक्रिया गरेको छ।
सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको अस्पतालका प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो।
ति महिलालाई ३५ वर्षीय श्रीमानले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गर्नुभएको थियो ।
बिरामी महिलामा जन्मजात रोग देखिएको थियो। कलेजोका कारणले दुबै मिर्गौला बिग्रिएपछि सोही अस्पतालमा नियमित डायलाइसिस सेवा लिदै आइरहनुभएको थियो ।
डा. बज्राचार्यका अनुसार कलेजोबाट निस्किएको रयासनका कारण मिर्गौला खराब भएकाले एकैसाथ दुबै अंगको प्रत्यारोपण गर्नुपरेको हो ।
शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको र शल्यक्रिया गर्न १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको उहाँले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

