
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य विज्ञ प्रा.डा. मधु दीक्षित देवकोटालाई सम्मान गरेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा विगत लामो समयदेखि पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै विश्व मानसिक स्वास्थ्य दिवस एवं राष्ट्रिय सेतो कोट दिवस २०८० का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को हातबाट सो सम्मान प्रदान गरिएको हो ।

प्रा.डा. देवकाटोले तीन दशक भन्दा लामो परिवार स्वास्थ्य, मातृ र बाल स्वास्थ्य पोषण र अनुसन्धानका क्षेत्रमा मेडिकल र पव्लिक हेल्थ छात्रहरूलाई शिक्षा प्रदान गर्दै आउनुभएको छ । साथै स्वास्थ्य र प्रजनन क्षेत्रमा मन्त्रालय, नेपाल सरकारका लागि महत्वपूर्ण सल्लाकारको भूमिका निर्वाह गर्नुभएको छ । राष्ट्रिय योजना आयोगको उच्चस्तरको पोषण र खाद्य सुरक्षा प्रमुख सञ्चालन समितिका सदस्यको रूपमा पनि उहाँले काम गर्नुभएको छ । अहिले प्रा.डा. मधु उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलको कार्यकारी अध्यक्ष हुनुहुन्छ ।
यसरी सेतोकोट दिवसका अवसरमास्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका र महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति, स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने स्थानीय तह, दातृ, गैरसरकारी संस्था र जनतालाई सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले प्रादेशिक अस्पतालहरूमा निःशुल्क वेड व्यवस्थापन लगायतका उल्लेखनीय कार्य गर्ने प्रदेशस्थित स्वास्थ्य हेर्ने मन्त्रालयहरूलाई सम्मान एवं प्रसंशा पत्र प्रदान गरिएको थियो ।

यसरी व्यक्तिगत योगदानका आधारमा सम्मानित हुनेहरुमा वरिष्ठ मानसिक रोग विशेषज्ञ एवं पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठ, नेत्ररोग विज्ञ डा. सन्दुक रुइत, वालरोग विज्ञ प्रा.डा. रमेशकान्त अधिकारी, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. रामकण्ड मकाजु हुनुहुन्छ ।
सो अवसरमा सम्मानित हुनेहरुमा कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्का, भरतपुर अस्पतालका मानसिक रोग विज्ञ डा. सुनिलकुमार शाह, ताप्लेजुङ जिल्ला अस्पतालकी नर्सिङ निरीक्षक विजया राई, मालिका गाउँपालिका गुल्मीका जनस्वास्थ्य निरीक्षक खिमराज पोखरेल, महाकाली प्रादेशिक अस्पतालकी स्टाफ नर्स कुमारी भावना शर्मा र मध्यपुर ठिमी नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुनकुमार राउत हुनुहुन्छ ।
यसैगरी सम्मानित हुने संस्थाहरुमा बाराको महागढीमाई नगरपालिका, मनाङको नासो गाउँपालिका, यूएसएआईडी, निक सायमन्स, नोराड र सिएमसी नेपाल रहेका रहेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका समाजिक विकास मन्त्री शुसिला सिंखडा, बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, मधेश प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्रप्रसाद सिंह र लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाललाई पनि उल्लेखनीय काम गरेको भन्दै सम्मान गरिएको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
