
जनस्वास्थ्य सरोकार, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएपछि उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको छ ।
वान्ता आउने तथा ज्वरो लगायत स्वास्थ्य समस्या देखिएपछि यादवको डेंगु परीक्षण गरिएको थियो। परीक्षणबाट संक्रमण पुष्टि भएपछि बुधबार बेलुकी अस्पताल भर्ना गरिएको हो।
उपराष्ट्रपति यादवलाई स्वास्थ्य निगरानीका लागि अस्पताल भर्ना गरिएको बताइएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा विदेश विष्ट र निजी चिकित्सक डा शिवजी सिलवाल लगाएतले उनको उपचार गरिरहनुभएको छ ।
उपराष्ट्रपति यादवको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

