
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. वंशवदा कौण्डिन्न्यायनीले बताउनुभयो ।
उहाँका अनुसार निःशुल्क औषधि तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सःशुल्क औषधि आवश्यक हुने बिरामीका लागि पाँच प्रतिशत छुटमा औषधि बिक्री गर्न सुरु गरिएको छ । यसले नागरिकलाई सरकारले तोकेका निःशुल्कबाहेकका अन्य अत्यावश्यक औषधि सेवनका लागि सहज भएको छ ।
आव २०७९/८० मा ३१ हजार सात सय ४२ जनाले बहिरङ्ग सेवा लिएका हुन् । पाँच सय ३१ ले स्नेहन, स्वेदनअन्तर्गत पाँच सय ६४ ले एकाङ्ग, ४६ ले सर्वागं, नौ ले नस्य, पाँचले शिरोधारा, २७ ले स्थानीक भास्ती, तीन हजार चार सय ८७ ले थेरापेटिक योगा, एक हजार नौ सय ५६ ले प्रवद्र्धनात्मक योगा, एक हजार ४१ ले अक्युपञ्चर, ७३ ले अक्युप्रेसर, दुई सय ६७ ले कपिङ सेवा लिएको केन्द्रले जनाएको छ ।
यस्तै छ सय ४८ स्तनपायी आमालाई दूधवद्र्धक खानेकुरा, नौ हजार ६३ ज्येष्ठ नागरिकलाई सेवा र दुई हजार एक सय ११ वटा प्रयोशाला परीक्षणसमेत गरिएको जनाइएको छ । जिल्लाको धुलिखेल, दाप्चा, मङ्गलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा दिइरहेको कौण्डिन्न्यायनीले बताउनुभयो ।
त्यस्तै धन्वन्तरी दिवस, ट्राफिक प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, विद्यालयस्तरीय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, निःशुल्क आयुर्वेद सेवा, ज्येष्ठ नागरिक सेवा, क्षमता अभिवृद्धि कार्यक्रम, स्वस्थ जीवन कार्यक्रम, तनाव व्यवस्थापन, एक जिल्ला एक जडीबुडी कार्यक्रम सम्पन्न गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रोग लाग्नै नदिने र रोग लागि हालेमा आयुर्वेदको सही प्रयोग गर्न सहज वातावरण बनाउनुपर्ने बताउनुभयो। उहाँले ‘प्रतिअसर नहुने, प्राचिन उपचार पद्धति’ बारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
