जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि उत्पादक संघ नेपाल (एपोन) का निवर्तमान अध्यक्ष एवं औषधि विज्ञ प्रज्वल जंग पाण्डे नेपालका लागि रुवान्डाको वाणिज्यदूतमा नियुक्त हुनुभएको छ । रूवाण्डा सरकारले पाण्डेलाई वाणिज्यदूतमा नियुक्त गरेको हो । उहाँ फार्मेसी काउन्सिलको अध्यक्ष पनि हुनुहुन्छ ।

नवनियुक्त वाणिज्यदूत पाण्डेलाइ परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि रुवाण्डको वाणिज्यदूत भएको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
रूवान्डा र नेपालबीच व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं व्यवसायिक क्रियाकलपामा द्धिपक्षीय सहायता र सहयोगमा केन्द्रित भएर काम गरिने पाण्डेले जानकारी गराउनुभएको छ । सो अवसरमा औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष वरालले रुवान्डाको महावाणिज्यदूतमा नियुक्त हुनुभएकोमा पाण्डेलाई हार्दिक वधाइ दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

