जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको जमलमा निःसन्तान उपचारका लागि मल्टिडिसिप्लिनरी एप्रोच र ‘वान स्टप सोलुसन’ सुविधा प्राप्त गर्न सकिने अत्याधुनिक ‘नेशनल आईभिएफ’ सेन्टर खुलेको छ ।

ग्रान्डी सिटी हस्पिटलको चौथो तलामा कन्सल्यान्ट एवं रिप्रोडक्टिभ मेडिसिन एण्ड फर्टिलिटी स्पेशलिष्ट डा. उषा कार्कीले नेशनल आईभिएफ (नेशनल सेन्टर फर रिप्रोडक्टिभ हेल्थ प्रा.लि.) सञ्चालनमा ल्याउनुभएको हो ।
निःसन्तान उपचारमा दक्ष डाक्टर, एम्रियोलोजिष्ट, फर्टिलिटी नर्स, काउन्सिलर, डाइटिसियनलगायत मल्टिडिसिप्लिनरी एप्रोचको आवश्यकता पर्दछ । यसैगरी इन्डोक्राइनोलोजिष्ट, ¥युमाटोलोजिष्ट, क्रिटिकल केयर अब्सटेट्रिक्स र ल्याप्रोस्कोपिक सर्जको समेत संलग्नता हुनुपर्दछ ।
डा. उषा भन्नुहुन्छ—‘ निःसन्तान उपचारमा मल्टी–डिसिप्लिनरी एप्रोच प्राप्त होस् भन्ने उद्धेश्यले ‘हस्पिटलमा आधारित नेशनल आईभिएफ खोलेका हौँ जहाँ एकै छानामुनी ट्युव टेस्ट, सिमेन एनालाइसिस, आइभिएफ, इक्सी, प्री–इम्प्लान्टेसन जेनेटिक टेष्टिङ, फ्रिजिङ, फ्रोजन एम्ब्रियो ट्रान्सफर, फर्टिलिटी प्रिजर्भेसन, ल्याप्रोस्कोपि र हिस्टेरोस्कोपी लगायतका उपचार सेवा प्राप्त गर्न सकिन्छ ।’
‘विभिन्न परीक्षणका लागि एक ठाउँबाट अर्को ठाउँ धाउन पर्दैन ।’—डा. उषाको भनाइ छ—‘हामीले निःसन्तान उपचार केन्द्रमा हुनुपर्ने स–साना कुराहरूमा पनि ध्यान दिएका छौँ । मेरो विज्ञता र ज्ञानले भ्याएसम्म स्ट्यान्डर्ड आइभिएफ बनाउन कुनै कन्जुस्याई गरेकी छैन ।’
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
