
जनस्वास्थ्य सरोकार, काठमाडौं। टोखा चण्डेश्वरी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ।
नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलको पहलमा लायन्स क्लब अफ काठमाडौँले उपलब्ध गराएको ‘थाइराइड हर्मोन भिटामिन बि १२ भिटामिन डि तथा क्यान्सर चेकजाँच प्रयोगशाला’ तथा ‘ब्लड जाँच’ यन्त्र आज हस्तान्तरण गरिएको हो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य प्रयोगशाला बागतमी प्रदेशले आयोजना गरेको कार्यक्रममा उक्त यन्त्र कांग्रेस नेता पौडेल र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता पौडेलले प्रयोगशालाको हस्तान्तरणसँगै काठमाडौँ क्षेत्र नं ५ र छिमेकी जिल्ला नुवाकोट तथा रसुवाका जनतालाई रगत जाँच र प्रि क्यान्सर पत्ता लगाउनका लागि अन्यन्त्र जानुपर्ने झण्झट अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भोलिका दिन क्यान्सरबाट कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने उद्देश्यले क्यान्सर जाँच मेसिन स्थापना गरिएको उल्लेख गर्नुभयो । सांसद पौडेलले आगामी दिनमा उक्त अस्पतालमा सुविधा सम्पन्न क्यान्सर स्किृनिङ ल्याब स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीले कुनै पनि बिरामीले उपचारको लागि प्रादेशिक अस्पतालबाहेक अन्यत्र अस्पताल सकेसम्म जान नपर्ने गरी सेवा सुविधा दिन प्रदेश सरकार लागेको बताउनुभयो। उहाँले सोही अवसरमा बागमती प्रदेश सरकारले १३ सामुदायिक अस्पतालमा डेङ्गु रोगको उपचारका लागि निःशुल्क व्यवस्था मिलाएको उल्लेख गर्नुभयो ।
हस्तान्तरण गरिएका दुई यन्त्र रु एक करोड मूल्य बराबरको रहेको जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक नारायणबहादुर कार्कीले जानकारी दिनुभयो। उक्त यन्त्रबाट प्रि–क्यान्सर र क्यान्सरसम्बन्धी सबै लक्षण थाहा पाइने उहाँले सुनाउनुभयो। रासस
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
