
जनस्वास्थ्य सरोकार, झापा । झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले सोमबार साँझ बिर्तामोड ४ की ६९ वर्षीया सीता साह कलवारलाई ठक्कर दिएको हो।
ठक्करले सिकिस्त घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स र चालक इलामको माईजोगमाई नगरपालिका–३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

