
जनस्वास्थ्य सरोकार, लुम्बिनी । सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल) तीनसय शय्यामा स्तरोन्नति हुने भएको छ । अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एकसय शय्यालाई विस्तार गरी तीनसय शय्या स्तरोन्नति गरिने भएको हो ।
यसका लागि बिहीबार दुईसय शय्याको भवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने जनाइएको छ ।
अस्पतालको २५औँ वार्षिकोत्सवको अवसरमा थप दुईसय शय्या भवन शिलान्यास तथा शैक्षिक कार्यक्रमको सुभारम्भ प्रधानमन्त्री प्रचण्डले गर्ने अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले हाल एक सय शय्याको क्षमतामा सञ्चालित अस्पतालमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शय्याको अस्पतालमा स्तरोन्नति गर्नका लागि गत जेठमा छ सदस्यीय टोलीले जापान भ्रमण गरेकामा अस्पताल भवन निर्माणको वातावरण बनेको बताउनुभयो ।
अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने गरी नगरपालिकाबाट बजेट विनियोजित भएको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेसु राजेन्द्रप्रसाद बस्यालले बताउनुभयो।
तीन विषयमा ४०–४० जनाका दरले एक सय २० विद्यार्थीले यसवर्ष अध्ययन गर्न पाउने उनको भनाइ थियोे । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको मेसु बस्यालले बताउनुभयो । कार्यक्रममा आम्दा नेपालका अध्यक्ष अनिलकुमार दास र मुख्य प्रशासक सुरेस रेग्मीले सरोकारवालाको सुझावअनुसार अस्पतालको सेवा थप गुणस्तरीय र सर्वसुलभ बनाउदै जाने बताउनुभयो। रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
