
जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चयन हुनु भएको छ ।
नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो । यो पदका लागि नेपालका शम्भुप्रसाद आचार्य पनि उम्मेदवार रहनु भएको थियो ।
भारतको नयाँ दिल्लीमा आज अपराह्न भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले कुल १० मत खसेकोमा २ मत प्राप्त गर्नुभयो ।
आचार्यको प्रतिस्पर्धी बङ्गलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेदले ८ मत प्राप्त गर्नुभएको थियो ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।
नर्स र स्वास्थ्यकर्मीको आन्दोलन स्थगितः पारिश्रमिक र सेवा सुविधा कार्यान्वयनमा सहमति
शुक्रबार, कात्तिक २१, २०८२
सन् २००७ पछि जन्मिएका सबैका लागि सुर्ती ‘नो एण्ट्री’
शनिबार, कात्तिक १५, २०८२
ग्रान्डी अस्पतालका नर्सहरुलाई न्यायोचित पारिश्रमिक दिने निर्णय— आन्दोलन पक्ष र प्रशासनबीच सहमति
मंगलबार, कात्तिक ११, २०८२
देशभरका नर्स आजदेखि कालोपट्टी बाँधेर काममा खटिँदै
मंगलबार, कात्तिक ४, २०८२
