
जनस्वास्थ्य सरोकार, नयाँदिल्ली । विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ ।
किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ ।
अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २।५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।
नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गरेको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

खाद्यपुरक र न्युट्रास्युटिकलको व्यापारः उपभोक्ताको ढाड सेकिने, व्यापारी धनी हुने
शनिबार, जेठ ३१, २०८२
'म हाँसि हाँसि जेल जाँदैछु': मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भावुक अभिव्यक्ति
शुक्रबार, जेठ ३०, २०८२
गुरुको शल्यक्रिया, शिष्यका हातः आफ्नै विद्यार्थीबाट डा. वसन्त पन्तको शल्यक्रिया
शुक्रबार, जेठ ३०, २०८२
सामुहिक धर्ना र कालीपट्टीले बोलेको मौनताः विरोधको शान्त तर शक्तिशाली रूप
शुक्रबार, जेठ ३०, २०८२ट्रेन्डिङ