
जनस्वास्थ्य सरोकार, चितवन । चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा मंसिर १४ गतेसम्म फोक्सोको निःशुल्क परीक्षण र परामर्श सेवा सुरू गरिएको छ ।
कलेजले सिएमसी क्यान्सर इन्स्टिच्यूट मार्फत एक महिनासम्म निःशुल्क ओपीडी सेवाको व्यवस्था गरेको हो । निःशुल्क परीक्षण सेवा यही कात्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्ने इन्स्टिच्यूटले जनाएको छ ।
नोभेम्बर अर्थात् फोक्सोको क्यान्सर सचेतना महिनालाई लक्षित गर्दै निःशुल्क परीक्षण एवम् केही जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ ।
फोक्सो सम्बन्धी जाँच ब्रोंकोस्कोपी, छातीको सिटी स्क्यान र एक्सरे जाँच गर्नुपरेमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । त्यस्तै, कार्डियो थोरेसिक एवम् भ्यास्कुलर सर्जरी (सिटीभिएस) सर्जनद्वारा फोक्सो सम्बन्धी शल्यक्रिया गर्नु परेमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

