
जनस्वास्थ्य सरोकार, चितवन । चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा मंसिर १४ गतेसम्म फोक्सोको निःशुल्क परीक्षण र परामर्श सेवा सुरू गरिएको छ ।
कलेजले सिएमसी क्यान्सर इन्स्टिच्यूट मार्फत एक महिनासम्म निःशुल्क ओपीडी सेवाको व्यवस्था गरेको हो । निःशुल्क परीक्षण सेवा यही कात्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्ने इन्स्टिच्यूटले जनाएको छ ।
नोभेम्बर अर्थात् फोक्सोको क्यान्सर सचेतना महिनालाई लक्षित गर्दै निःशुल्क परीक्षण एवम् केही जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ ।
फोक्सो सम्बन्धी जाँच ब्रोंकोस्कोपी, छातीको सिटी स्क्यान र एक्सरे जाँच गर्नुपरेमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । त्यस्तै, कार्डियो थोरेसिक एवम् भ्यास्कुलर सर्जरी (सिटीभिएस) सर्जनद्वारा फोक्सो सम्बन्धी शल्यक्रिया गर्नु परेमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
