
जनस्वास्थ्य सरोकार, महेन्द्रनगर । । जाजरकोट र रुकुमपश्चिममा भूकम्पपीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ ।
भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्कर्मीको टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।
उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डा शिवराज पनेरुको नेतृत्वमा चार सदस्य स्वास्थ्कर्मीको टोली खटिएको छ । “आज कर्णाली पुगेर मन्त्रीलाई साढे तीन लाख बढीको औषधि र विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण ग¥यौँ” जोशीले भन्नुभयो, “प्रभावित क्षेत्रमा खटिनका लागि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय भइरहेको छ ।”
डा पनेरु नेतृत्वको चार सदस्य टोलीमा निर्देशनालयका पिपद् सम्र्पक व्यक्ति जोशी, केटा मेडिकल कलेजका डा गणेश फुलारा र स्वास्थ्य कार्यालय धनगढीका मीनबहादुर धामी छन् । आवश्यकता अनुसार प्रदेशबाट थप स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिने छ”, जोशीले भन्नुभयो “पहिलो चरणमा हामी खटिएका छौँ ।”
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
