
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ ।
मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको हो ।
“धेरै घाइते उपचारपश्चात् घर फर्केका छन् । उपचारका लागि अन्यत्र सिफारिस गरिएकाहरुको प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचारको व्यवस्था गरिएको छ,” विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य सेवा विभागद्वारा औषधी तथा औषधीजन्य सामग्री प्रभावित जिल्लामा पठाइएको छ ।
विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम रुकुम पूर्व, सल्ल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्यूठानका गरी एक सय ५७ जनाको मृत्यु भएको छभने अन्य दुई सय ५६ जना घाइते भएका छन् । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

