
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा दुई बिरामीको एकैचोटी शंकास्पद मृत्यु भएको छ ।
अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत औषधि दिएको पाँच मिनेट भित्रै दुबैको मृत्यु भएको बताइएको छ ।
निमोनियाको उपचार गराईरहनुभएकी ओखलढुंगाकी ९० बर्षीया जनमाया राई र निमोनियासँगै कलेजोको समस्याको उपचार गराइरहनुभएका ललितपुरका ६८ बर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार मृत्यु भएका नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पतालको जेष्ट नागरिक वार्डमा भर्ना हुनुभएको थियो ।
मृत्युपछि आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाउदै आक्रोशित भएका छन् । सो क्रममा उनीहरुले डिउटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुव्र्यहार समेत गरेको बताइएको छ ।
अस्पतालका मेडिसिन विभागका प्रमुख प्रा.डा. युवराज शर्माका अनुसार दुबै बिरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो । दुबैलाई निमोनियाको गम्भीर संक्रमण भएकाले अक्सिजन दिएर उपचार भइरहेको थियो । नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, उहाँको स्वास्थ्य अवस्था सुधार आउँदै गएकोले अक्सिजन सहित डिस्चार्ज गर्ने तयारी थियो ।
प्रा.डा. शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताउनुभयो । उहाँका अनुसार यी दुबै औषधि सुरक्षित र भर्ना भएका बिरामीलाई सबैभन्दा बढी प्रयोग हुने औषधि हुन् ।
आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परीक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको थियो । सोही अनुसार सो व्याचको औषधि परीक्षणका लागि पठाइएको प्रा.डा. शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार ९० वर्षीया राईका आफन्तले हिजो नै शब बुझेका छन् भने नगरकोटीको शब भने पोष्टमार्टम लागि अस्पतालमा राखिएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
