
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघले ललितपुरस्थित पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा विरोध गरेको छ।
कात्तिक १८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले विरोध गरेको हो।
पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुंगाकी ९६ वर्षीया जनमाया राईको मृत्यु भएको थियो।
दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै मृत्यु भएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए।
संघका महासचिव डा सञ्जिव तिवारीले सोमबार विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्युको कारण खुलाउन पनि आग्रह गरेका छन्।
‘ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट, गालीगलौच र ज्यान मार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दछौं।’
’

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

