
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुन: सेवा दिनुहुने भएको छ ।
अस्पतालका अध्यक्ष आर.एस. भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा लगायतले आइतबार एक कार्यक्रमका बीच डा. कोइरालालाई अस्पतालमा स्वागत गर्नुभएको हो ।
नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुनुपूर्व अस्पतालको प्रमुख सल्लाहकार रहनुभएका डा. कोइरालाले काउन्सिलको जिम्मेवारी सम्हालेलगत्तै ह्याम्सबाट सेवा बन्द गर्नुभएको थियो ।
काउन्सिलमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरिसकेपछि डा. कोइराला पुनः ह्याम्समा फर्कनुभएको हो । अब उहाँले ह्याम्समा प्रत्येक दिन २ बजेदेखि सेवा दिने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

