
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् ।
मङ्गलबारबाट काठमाडौंमा सुरु भएको १४ औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो तथ्याङ्क रहेको बताएका हुन् । उनीहरुले सार्क राष्ट्रमा मानसिक स्वास्थ्यको उपचारबाट वञ्चित हुनेहरु करिव ८४ प्रतिशत रहेको बताए ।
उनीहरुले आत्महत्याको तथ्याङ्क हेर्दा एशियामा जनसङ्ख्याको हिसावले सबैभन्दा धेरै भारतमा हुने गरेको बताएका छन् । मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरु ८४ प्रतिशत रहेको बताउनु भयो । उहाँले नेपालमा करिब ९० प्रतिशत मानसिक रोगीहरु उपचारबाट वञ्चित रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउने ट्रिटमेण्ट ग्यापले । लगभग ८४ प्रतिशत व्यक्तिहरु सेवा पाउँदैनन् । धेरैजसो यो सङ्ख्या विकासोन्मुख देशहरुमा छ । नेपालको अवस्था हेर्दा लगभग ९० प्रतिशत मानिसहरु उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्याङ्क हेर्दा एशियामा जनसङ्ख्याको हिसावले भारतमा सबैभन्दा धेरै छ ।’’
सम्मेलनमा बोल्नुुहुँदै मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा अहिलेसम्म बन्न नसकेको बताउनु भयो । उहाँले आत्महत्या रोकथामका लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको जानकारी दिनुभयो ।
‘‘यसको सेवा सबै देशका अस्पतालबाट भइरहेको छ । तर कडा खालको मानसिक रोगहरु जसलाई हामी साइकोसिस भन्छौँ, त्यो कडा खालको मानसिक रोगलाई राज्यले हेर्नुपर्छ । त्यो दायित्व राज्यको हो । भरणपोषणदेखि सबै उपचार राज्यले गर्नुपर्छ । त्यसको लागि नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘अरु देशमा आइसकेको अवस्थामा त्यो ऐन ल्याए सहज हुन्थ्यो । आत्महत्या रोकथामको लागि राज्यले जनमानसमा जनचेतना फैल्याउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श सर्वसुलभ गर्नुपर्छ ।’’
सम्मेलन मङ्गलबार र बुधबार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुनेछ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
