
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया गरिएको छ । भूकम्पका कारण घर भत्केर उनीहरूको हात, खुट्टा, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
भूकम्पमा परेका जाजरकोट र रुकुम (पश्चिम) का घाइतेलाई शनिवारबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको थियो । घाइतेको अवस्थालाई मध्यनजर गरेर पालैपालो शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ ।
अहिलेसम्म घाइते ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले भूकम्पका घाइतेको शल्यक्रिया लगायत उपचारमा कुनै कमी हुन नदिएको बताउनुभयो । शल्यक्रिया गरिएका घाइते निको हुने क्रममा छन् ।
अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेका छन् । तीमध्ये एक जना घाइतेको भेरी अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको थियो । अस्पतालमा भर्ना भएकामध्ये ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार २ जना घाइतेको स्वास्थ्य अवस्था जटिल छ । ४ जना निको भएर डिष्चार्ज भएका छन् ।
भेरी अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा। प्रकाश थापाले घाइतेको शल्यक्रिया क्रमिक रूपले भइरहेको बताउनुभयो । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीको अहिलेसम्म गरिसकेको अस्पतालले जनाएको छ । शल्यक्रियामा डा। थापासहित अर्का वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा। तिर्थेन्द्र खड्का लगायतको टिम खटिएको छ । नवीन गिरी, रेडियो नेपाल
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
