जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको चार नयाँ निर्देशकको नाम सिफारिस गर्न समिति गठन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको हो । समितिको सदस्यमा प्रा.डा. रमेशकान्त अधिकारी र बुद्धिबहादुर थापा रहनभएको छ । काम शुरु भएको १५ दिनभित्र आयोगको उपाध्यक्षसमक्ष निर्देशकको नाम सिफारिस गर्नुुपर्ने सिमा तोकिएको छ ।
हाल भएका निर्देशककोआगामी ४ मंसिर देखि ४ वर्षे कार्यकाल पुरा हुँदै छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २९ को उपदफा ८ मा आयोगको निर्देशक बन्न निर्देंशनालय वा बोर्डको कामसँग सम्वन्धित दक्षता र कम्तीमा १५ वर्ष अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ठ व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएको हनुपर्ने उल्लेख छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

